दुई चिरामा विभाजित गैरआवासिय नेपाल संघ बीच एकता हुने सहमति
काठमान्डैा -दुई चिरा भएकेा गैरआवासीय नेपाली संघबीच
एकता गर्ने सहमति काठमान्डैामा भएको छ ।
गएकेा १० औं महाधिवेशनबाट संघ दुई पक्षमा विभाजन भएकेा थियेा ।
अब भने दुवै पक्षको सहभागितामा आँउदो अक्टोबरमा ११ औं महाधिवेशन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा गैरआवासीय नेपालीबीच एकता गर्ने र मिलेर जाने सहमति भएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, उपाध्यक्ष आरके शर्मा र संस्थापन पक्षबाट अलग भएका गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरको उपस्थीतिमा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
१० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधित्वको विवादले उच्च रुप लिएपछि गैरआवासीय नेपाली संघ फुटेको थियो । संस्थापनबाट अलग भएपछि कुवँरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो । कुँवरको नेतृत्वमा गठन गरिएको आईसीसीले केही देशहरुमा एनसीसीहरु बनाइएको थियो ।
अब हुने ११ औं महाधिवेशनलाई सहमति, सहकार्य र एकताको लागि गर्ने भएको हो । यसको लागि दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गर्नेछ । यो समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्ने सहमति भएको छ ।
एकताका लागि जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो। उपाध्यक्ष आरके शर्मालगायतको उपस्थिति रहेको थियो।