गगनचुम्बी भवनका कारण वर्षेनी यसरी डुबी रहेको छ न्युयोर्क सहर

अमेरिका विश्वको लोकपिय न्युयोर्क सहर गगनचुम्बी भवनहरुको बढ्दो भारका कारण वर्षेनी तिव्र रुपमा डुबी रहेको छ ।

भौगोलिक खोज र अनुसन्धानको हालैको एउटा शोधले न्युयोर्क सहर हरेक वर्ष सहर १ देखि २ मिलिमिटर सम्म डुब्दै गरेको चर्चित म्यागजिन फ्रोब्र्सले जनाएको हो । यसैका कारण न्युयोर्क सहरले बाढीको खतरा समेत झेलिरहेको छ ।
शोधका अनुसार जलवायु परिवर्तन, बढ्दो समुन्द्रको स्तर र गगनचुम्बी भवनहरुको बढदो तौलका कारण न्युयोर्क सहरले यो खतराको सामना गरिरहेको छ । न्युयोर्क सहरको केही क्षेत्र अझ बढी छिटो गतिमा डुबीरहेको छ । जसका कारण समुन्द्रको भाग बढीरहेको छ । यो क्रम २०५० सम्म ८ इन्च र ३० इन्चको बीचमा बढने अनुमान गरिएको छ ।
खास गरि न्युयोर्कको म्यानहटन, ब्रुकलिन, क्वीन्स र लगआइल्यान्ड क्षेत्र लाई बढी प्रभावितमा राखिएको छ ।
समुन्द्रको जलस्तर तिव्र रुपमा बढदा न्युयोर्कका तटीय क्षेत्रहरु तिव्र रुपमा असुरक्षीत बनिरहेको छ ।
शोधको रिपोर्टमा न्युयोर्क सहर १९५० साल पछि सहरको किनारको समुन्द्रको पानी ९ इन्च सम्म बढेको छ ।
शोधकर्ताले गरेको शहरको संरचनाको गणना समेत गरेका छन् जसमा न्युर्याक सहरका ति संरचनाहरुको तौल १ दशमवल ६८ टन पाउन्ड रहेको छ । न्युयोर्क सहरका १८ लाख भन्दा बढी बासिन्दाले यो जोखिमको सामना गरिहेका छन्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected