टेक्सस- अमेरिकाको टेक्ससको टायलरमा ६ जना नेपाली सवार कारलाई ट्रकले ठक्कर दिदा दुई जनाको घटनास्थलमा ज्यान गएको छ । भने घटनामा चार जना घाईते भएका छन् ।
स्टोर व्यवसायी दिनेश काकी र उनको श्रीमति गंगा कार्की र छोराहरु ११ वर्षिय इमेज कार्की र ६ वर्षका इमान कार्की संगै सृजन ज्ञवाली तथा सृजन प्याकुरेल सवार थिए ।
घटनामा ११ वर्षिय इमेज कार्की र कारमा सवार सृजन ज्ञवालीको दुख्द निधन भएको छ । गंभीर अवस्थामा दिनेश र गंगा कार्की तथा छोरा इमान कार्कीको अस्पतालमा उपचार भइरहेको छ भने सृजन प्याकुरेलको उपचार पछि अवस्था सामान्य रहेको बताइएको छ ।
घटना अनुसार शनिवार साझ टेक्ससको टाइलरमा हावा हुन्डरीले घरमा बिजुली गएपछि उनिहरु एउटा कारमा निस्केका थिए । पछाडीबाट १८ पाग्रे ट्रकले ठक्कर दिदा उनिहरु सवार कार तीन पटक सडकमा पल्टेको थियो ।
यतिबेला घटना पछि कार्की तथा ज्ञवाली परिवार शोकमा डुबेको छ । उनिहरुको सहयोगका लागी फोटवर्थ निवासी विवेक पराजुलीले गोफन्ड मार्फत आव्हान गरेका छन् ।
https://gofund.me/1baf3578

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected