टेक्सस टेक्ससको ड्यालसमा नेपाली समुदायको पासपोर्ट, भिसा तथा इमिग्रेसन सम्बन्धी सेवाका लागी नेपाल सरकारको कन्सुलर सेवा स्थापनाको पहल सुरु भएको छ ।

टेक्ससको पुरानो तथा ठुलो नेपालीहरुको संस्था नेपाली समाज टेक्ससको नेतृत्वमा टेक्ससको ड्यालसमा नेपाल सरकारको कन्सुलर सेवा स्थापनाको लागी पहल सहित नेपाल सरकारलाई मंगलबार मागपत्र बुझाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री कार्यालयमा भेटेर नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले सहितको ५ जनाको टोलीले उक्त मागपत्र बुझाएको हो ।
अमेरिकामा धेरै नेपाली बसोबास गर्ने राज्य टेक्ससमा पासपोर्ट, भिसा सेवा, ट्राभल डकुमेन्ट, एनआरएनए कार्ड, मन्जुरी नामा लगायतको सेवा सहज बनाउन टेक्ससको ड्यालसमा कन्सुलर सेवा आवश्यक भएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लले बताएका छन् ।

टेक्ससको ड्यालसमा नेपालीको संख्या उल्लेख्य रहेको छ । अन्य राज्यबाट पनि बसाइसराई गरेर आउने क्रम त्यतिकै छ । विद्यार्थी भिसा, डिभी भिसा संगै पारिवारि भिसा मार्फत दैनिक सयौ आमा बुबा यहा आउने गर्नुृ भएको छ जसले गर्दा टेक्ससमा दिनहु भिसा पासपोर्ट लगातका समस्याहरु आउने गर्छ ।

यसैका लागी पनि यहा कन्सुलर सेवा आवश्यक देखिएको छ ।
दैनिक आउने भिसा समस्या, पासपोर्ट मन्जुरी नामा लगायतको समस्या समाधानका लागी नेपाल सरकारले डयासल सहरमा कन्सुलर सेवा स्थापना गरि नेपालीको समस्या हल गर्ने विश्वास नेपाली समाज टेक्ससले लिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected