सृजनाको नेपाल पुगेर बाबाआमा भेटने सपना अमेरिकामा यसरी अस्तायो
टेक्सस-घटनाको अघिल्लो दिन सृजनमा नेपालमा रहेका बाबा आमा संग कुराकानी गरेका थिए । उनी छिटै नेपाल जाने र विवाह गर्ने योजनामा थिए । त्यसै गरि बुबाआमालाई यता अमेरिका ल्याउन प्रकृया समेत थालीसकेका थिए । तर दुर्भाग्य नेपाल पुगेर बाबाआमा भेटन सृजनको त्यो सपना सधैका लागी बिलिन भयो । टेक्ससको टायलरमा भएको सडक दुर्घटनामा परेर पाल्पा भैरवस्थानका सृजन ज्ञवालीले सधैका लागी सातसमुन्द्र पारीको बिरानो मुलुकमा अस्ताएर गए ।
उनी तीन वर्ष अघि मात्रै डिभी परेर अमेरिका आएका थिए । उनको नेपालमा घरको आर्थिक अवस्था निकै कमजोर रहेको थियो । घरको आशाको केन्द्र नंै सृजन थिए तर कालले उनलाई चुडेर लग्यो ।
नेपालगञ्जमा व्यवसाय गरेका पिता व्यवसाय डुबेपछि पाल्पा आएर सृजन ज्ञवालीको मामाघरमा बस्दै आएको उनिहरुलाई नजिकबाट चिन्ने आफन्त पाल्पाका शिव काफलेले युएसनेपाल पोष्टलाई बताए । सृजनको मुत्युको खबरले नेपालमा रहेका बाबा आमा बिक्षिप्त बनेका छन् ।
उनी दिनेश कार्कीको स्टोरमा काम गर्थे । टेक्ससको फोटवर्थमा बस्थे । उक्त घटनामा दिनेश कार्की र उनी श्रीमति गंगा काकीृ र ६ वर्षका छोरा इभान कार्की पनि घाइते छन् ।
ठुलो छोरा ११ वर्षिय इमेज कार्कीलाई उनिहरुले उक्त दुर्घटनामा गुमाएका छन् । अस्पतालको शयमा दिनेश र गंगालले होसमा आउदा दुर्घटनामा ज्यान गुमाएका छोरा इमेजलाई खोजीरहेका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...