यस्तेा छ अमेरिकी राष्ट्रपतिका विशेष पाहुना बस्ने ब्लेयर हाउस
अमेरिका-अमेरिकी राष्ट्रपतिका विशेष पाहुना यो आलिशान ब्लेयर हाउसमा बस्ने गरेका छन् ।
विशेष पाहुनाको रुपमा अमेरिका आइएपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि यही आलिसान घरमा बस्दैछन् । वासिगंटन डिसीमा अवस्थित७० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएकेा यो गेष्ट हाउसमा ११९ कोठा रहेका छन् ।
यो आलिसन गेष्ट हाउसमा बेलायती महारानी एलिजावेथदेखि जापनका सम्राट आकाहितो समेत बसीसकेका छन् ।
अमेरिकी राष्ट्रपति जसले कुनै पनि विदेशका पाहुनालाई आफै निम्तो दिएर अमेरिका बोलाउछन्, उनिहरुलाई यही ब्लेयर हाउसमा बसाउने गरिएको छ । त्यसो त कुनै पनि अमेरिकी राष्टपछि व्हाइट हाउस जानु पहिला यही बस्ने गर्छन। यो १८२४ देखि १९४२ सम्म प्राइभेट होम थियो ।१८३६ मा प्र्रेस्टन ब्लेयरले यसलाई किनेका थिए । पछि १९४२ मा राष्ट्रपति फ्रैकलिन रुजबेल्टको सरकारले यसलाई किनेको थियो । भवनक्षेत्र व्हाइट हाउस भन्दा पनि ठुलो छ । यसमा १४ गेष्ट बेडरुम छ, जहा हर तरहको सुविधा छ । ३५ बाथरुम, किचन, लन्डी एक्सरसाइज रुम, र हेयर सैलुन पनि रहेको छ । यही गेष्ट हउासमा दोस्रो विश्वयुद्ध ताका यहॅा बसेर कयौ निर्णयहरु समेत लिइएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...