अमेरिकाको टेक्ससमा ग्यास स्टोरमा काम गर्ने नेपाली युवामाथि बन्दुक आक्रमण हुदा घाइते

अमेरिकाको टेक्ससको युलेशमा ग्यास स्टोरमा काम गर्ने एक नेपाली युवा अज्ञात समुहको बन्दुक आक्रमणबाट घाइते भएका छन् ।
स्टोरको काम सकेर राती घर जानका लागी बाहिर निस्कने क्रममा नेपाली युवा दिपेन्द्र जोशी माथि बन्दुक आक्रमण भएको हो । बन्दुक आक्रमणबाट उनको एउटा हातको हड्डी क्षतिग्रस्त भएको छ । उनी १२ देखि १३ राउन्ड अन्धधुन्ध गोली प्रहार हुदा उनलाई दुई वटा गोली लागेको थियो । झन्डै तीन महिनादेखि ड्यालसको एउटा अपार्टमेन्टमा बसेर जोसीले स्टोरमा म्यानेजरको काम गदै आएका थिए । स्टोरमा काम गरेको दुई साता पनि पुरा नहुदै उनी माथि यस्तो दुख्द घटना हुन पुगेको हो ।
श्रीमति तनुजा हालै मात्रै नेपालबाट आएपछि विस्कन्सनमा रहेका दिपेन्द्र टेक्सस बसाई सरेका थिए ।
परिवारिक स्रोतका अनुसार आइटी कम्पनीमा काम गदै आएका दिपेन्द्रलाई उक्त कम्पनीले विना सुचना कामबाट निलम्बन गरेको श्रीमति तनुवाले बताएकी छिन् ।
गोली लागेर गंभीर भएका दिपेन्द्र अझै पाच महिना आराम गर्नुपर्ने र परिवारमा कमाउने कोही नभएकाले आर्थिक सहयोगका लागी श्रीमति तनुजाले गोफन्ड मार्फत आग्रह गरेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected