वासिङ्गटन्- अमेरिकामा २२–२५ सम्म सम्पन्न छैठौं नेपाल–अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उत्कृष्ट फिचर कथानक चलचित्र सुवर्ण थापाद्धारा निर्देशित चलचित्र ‘सेक्रेटस् अफ राधा’ले पाएको छ । यसैगरी यसैगरी सुजित बिडारीले निर्देशन गरेको चलचित्र ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेण्डले मानार्थ पुरस्कार प्राप्त गरेको छ । यसैगरी उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ भने सूर्य शाहीद्धारा निर्देशत ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ । यसैगरी महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्धारा निर्देशत ‘पियोनो म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन गरेको ‘पासाङ ः द स्याडो अफ एभरेष्ट’ प्राप्त गरेका छन् भने सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ । वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीश कुँवरद्धारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुन जी बाबुको ‘डु डक्स माइग्रेन््’ले मानार्थ पुरस्कार पाएको छ । महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको चलचित्र ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्रमा महोत्सवका निर्णायक अमेरिकाका निना स्टा«इक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ ओटा चलचित्रमध्येबाट ती चलचित्र पुरस्कारका लागि छनौट गरेका थिए ।
महोत्सवमा आफ्नो चलचित्र ‘द सेक्रेट अफ राधा’ले उत्कृष्ट चलचित्र पुरस्कार प्राप्त गरेपछि निर्देशक सुवर्ण थापले भने, ‘अन्तर्राष्ट्रिय महोत्सवमा राधाले उत्कृष्ट पुरस्कार पाउँदा खुशी लागेको छ । चलचित्र मानवीय संवेदनालाई प्रस्तुत गर्ने माध्यम हो । राधा एक किसिमको परम्परागत कथानक चलचित्र हो । यो चलचित्रमार्फत राधालाई नेपाली समाजको प्रतिनिधि पात्रका रुपमा प्रस्तुत गरिएको छ । यसले स्वभाविकरुपमा मानवीय जीवनका माया, आत्मविश्वास र सहनशीलतालाई प्रस्तुत गरेको छ, जुन कुनै निश्चित समाज मात्रै होइन युनिभर्सिय रुपमा पनि ग्राह्य हुनसक्छ ।’ चलचित्रको विषयवस्तु, प्रस्तुती र कलाकै कारण राधालाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हुनसक्ने थापाले बताए ।
एएफआई सिल्भर थियटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वल्र्ड ग्रिनबेल्ट थियटरमा चलचित्र प्रदर्शन गरिएका थिए । महोत्सवमा चलचित्र प्रदर्शनका साथसाथै ‘इन्भेस्टिङ इन साउथ एशियन स्टोरिज’ विषयमा अन्तक्र्रिया गरिएको थियो । जुन छलफलमा भारत कलाकार तथा चलचित्र निर्माता प्रशान्त गुप्ता, पाकिस्तानका कलाकार तथा निर्देशक नूर नग्मी र नेपालका निर्देशक तथा कलाकार सुवर्ण थापा सहभागी थिए । सो छलफलको सहजकर्ता नेपाल अमेरिका चलचित्र केन्द्रका सहसंस्थापक किर्तना बाँस्कोटाले गरेकी थिइन । यसैगरी ग्रिनबेल्ड वल्र्डबेल्ट थिएटरमा अमेरिकन चलचित्र निर्माता र अस्वेत चलचित्रकर्मीबीच छलफल गरिएको थियो ।
रेड कार्पेटसहित ऐना झ्यालको पुतलीको प्रदर्शनबाट जुन २२ मा सुरु भएको महोत्सवमा नायक राजेश हमाल, सहयोगी संस्था ग्लोबल पिस फिल्म फेस्टिबलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नस् अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पार्कस् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उस्थिति रहेको थियो ।
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैठौं संस्करण सफलतापूर्वक सम्पन्न भएको बताउँदै नेपाल–अमेरिका चलचित्र समाजका अध्यक्ष पूर्ण सिंह बराइलीले भने, ‘चलचित्रले नेपाली समाज, सभ्यता र संस्कृतिलाई संसारभरिनै पु¥याउन सहयोग गरिरहेको छ भने सांस्कृतिक विविधता र समावेशीताको प्रबद्र्धनका लागि यो महोत्सवले सहयोग गरिरहेको छ । महोत्सवको छैठौं संस्करण नेपाली, दक्षिण एशिलाली र अमेरिकाका साथै संसारका विभिन्न क्षेत्रका कलाकार, चलचित्रकर्मी र दर्शकबीच ज्ञानको आदान प्रदान गर्न पनि सहयोग पु¥याउन सक्यो भन्ने लागेको छ ।’ महोत्सवका निर्देशक युवाकार राज राजकर्णिकारले यो वर्षको फेस्टिबल सफलतापूवर्क सम्पन्न गर्न सहयोग गर्ने चलचित्रकर्मी, निर्माता, फेस्टिभलका जुरी र सहभागी सबैलाई धन्यवाद प्रदान गरेका छन् ।
कार्यक्रमको समापनमा बोल्दै आयोजक संस्थाका सहसंस्थापक किरण पौडेलले चलचिका क्षेत्रमा संस्था नै निर्माण गरेर निरन्तर फिल्म फेस्टिभल गर्ने काम नभएको अवस्थामा नेपाल अमेरिका चलचित्र केन्द्रले चुनौती नै लिएर यो महोत्सव आयोजना गरेको बताए । उनले भने, ‘यो महोस्तवले थप सफलता प्राप्त गर्दै गएको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै जाने योजना सहित अगाडि बढेका छौं ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected