महिलालाई लुटपाट गर्न आएको चोर, महिलाको सुन्दरता देखेर प्रेममा
अमेरिका-अमेरिकाको इन्डियानापोलिसमा एउटा सुन्दा पत्यार नलाग्ने घटना घटेको छ । तर घटना भने बास्तविक नै हो । उक्त सहरमा बस्ने एम्बर बरौन नामकी महिला माथि घटेको हो ।बन्दुक सहित लुटपाट गर्न आएको चोर महिलाको सुन्दरता देखि लोभिन्छ र ती महिला संग डेटका लागी अफर गर्छ ।
कामबाट घर फर्किएकी ति महिला मेल वक्स चेक गदै गर्दा बन्दुकधारी चोर त्यहा पुग्छ र पैसा माग्न थाल्छ । उनले आफुसंग भएको सय डलर दिन्छिन् । तर चोर त्यहाबाट भागेन । ति महिलालाई बन्दुक तेर्साएर फेसबुकमा आफुलाई फ्र्र्ण्ड रिक्वेष्ट पठाउन भन्यो । डेमियन बोएस नामका चोरले महिलले फ्रेण्ड रिक्वेष्ट पठाएपछि छोडेर जान्छन् । उसले ति महिलालाई मेसेज पठाउन थाल्छ । लुटपाट गर्न आएको चोरले ति महिला एम्बरलाई यस्तो मेसेज पठाउछ मेरो तिमी संग माया बस्यो, तिमी संग डेट जान चाहन्छु । लुटपाट गर्न आएको चोरको यस्तो मेसेज देखेपछि उनी हैरान बनिन । उनले ति लुटन आएका चोरलाई आफनो पार्टनर रहेको र यसो गर्न नसक्ने बताइन । उनी अहिले घरबाट बाहिर निस्कन डराइरहेकी छिन् । प्रहरीले ति लुटपाट गर्न आएको चोरलाई पक्राउ गरिसकेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...