अमेरिका -अमेरिकामा २० वर्ष पछि पहिलो पटक देखियो मलेरिया रोगको प्रकोप देखिएको छ ।
यो संगै स्वास्थय संग सम्बन्धीत संघ संस्थाहरुले सर्तक रहन आव्हान गरेको छ । पछिल्लो दुई महिनामा ५ वटा मलेरिया सम्बन्धी मामला अगाडी आएको छ । विशेष गरि टेक्सस र फलोरिडामा स्थानिय स्तरमा मलेरिया भेटिएको हो । मलेरिया भेटिएपछि स्वास्थय अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले यो ज्यादै नै चिन्ताको विषय रहेको बताएको छ । अमेरिकामा लामखुट्टे मलेरिया परजिवि फैलिरहेकोे सिडीसीले जनाएको छ । अमेरिकी स्वाथ्य अधिकारीहरुले टेक्सस र फलोरिडामा स्थानिय स्तरमा निगरानी बढाएको छ र रोकथामको पहल गरिरहेको छ ।
अमेरिकी संचार माध्यमका अनुसार पछिल्लो दुई दशकमा स्थानिय स्तरमा मलेरिया फैलिएको यो पहिलो पटक भएको बताइएको छ ।
विश्वस्तरमा मलेरियाको लाखौ मामला आउने गरेकोमा अफ्रिकामा मात्रै ९५ प्रतिशत रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected