टेक्सस-अमेरिकाकेा टेक्ससको एलपासोमा ग्राहकको रुपमा उवर चढेकी महिलाले उभर चालककै बन्दुक आक्रमण गरि हत्या गरेकी छिन् ।
केन्टकी निवासी ४८ वर्षिया फोएबे कुबास नामकी महिलाले आफुलाई उभर चालकले अपहरण गर्न लागेको आंशका गदै उनले बन्दुक आक्रमण गरि हत्या गरेकी हुन । उनी एलपासोमा आफनो साथीको घरमा उवर चढेर जादै थिइन । उनले आफनो व्यागबाट बन्दुक निकालेर उवर चालकको टाउकोमा प्रहार गरेकी थिइन । मृतक उवर चालक ५२ वर्षिय डेनियल बेड्रा रहेका छन् ।
प्रहरीका अनुसार उवरमा बसेकी महिलालाई बाहिर बोर्ड देखिन । र उनलाई आफुलाई मेक्सिको आएको भान भयो तथा अव अपरहणमा पर्छु भन्ने शंका उत्पन्न भयो । उनी घबराउदै झोलाबाट बन्दुक निकालेर उवर चालक माथि प्रहार गरिन । तर उवर चालकले कुनै गलत बाटो र अपहरणको मनसाय नराखेको पुष्टि भएको छ । बन्दुक आक्रमण गर्ने महिला अहिले एलपासो जेलमा बन्द छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected