अमेरिका-क्यानडाले अमेरिकाका १० हजार कोटाको कामदार भिसा अर्थात एचवानवी ओपन वर्क परमिट स्टीमको घोषणा गरेको हो । क्यानडाका आप्रवासन हेर्ने अध्यागमन मन्त्री सन फ्रेजरले आगामी जुलाई १६ सम्म ओपन वर्क परमिट स्टीम तयार गर्ने र यसको माध्यमबाट १० हजार अमेरिकी एचवानबी भिसाधारीहरु क्यानडा आएर काम गर्न सक्नेछन् ।

क्यानडा सरकारको यो कार्यक्रमले एचवानवी भिसाधारीका परिवारलाई समेत अध्ययन तथा काम गर्न अनुमति दिनेछ । उनिहरुले क्यानडाको जुनसुकै रोजगारदाता कम्पनीमा काम गर्न योग्य हुनेछन् । आवेदन स्वीकृत भएका आवेदकहरुले तीन वर्ष सम्म खुल्ला रुपमा कामको अनुमति पाउनेछन् । एचवानवी भिसा मार्फत अमेरिकाले विदेश नागरिकलाई यहाको आइटी क्षेत्र संगै केही विशेष पेशाहरुमा काम गर्न अनुमति दिने गरेको छ । पछिल्लो समय अमेरिकी कम्पनीहरुले एचवानबि भिसाधारीहरुलाई कामबाट निकाल्ने क्रम हवात्तै बढेर गएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected