अमेरिकामा भारती मुलका एक उवर डाइभरले उवरको प्रयोग गरि ८ सय भारतीयलाई अवैध तरिकाले अमेरिका प्रवेश गराएकोमा दोषी ठहरिएका छन् ।
क्यालिफोर्निया निवासी ४९ वर्षिय भारतीय मुलका उबर डाइभर राजीन्दर पाल सिंहलाई तीन वर्षको जेल सजाय सुनाइएको हो । उनले आफनो अपराध स्वीकार गरिसकेका छन् । उनले गैरकानुनी रुपमा अमेरिका प्रवेश गराए वापत उनिहरुबाट ५ लाख डलर भन्दा बढी नाफा आर्जन गरेका थिए । समाचार एजेन्सीका अनुसार उनले चार वर्षको अवधिमा क्यानडाबाट अमेरिकाको वासिगटन राज्यमा अवैध तरिकाले ८ सय भारतीयलाई पुराएका थिए ।
उनले क्यानडा देखि अमेरिका भित्राउन आफनो सहयोगी संगै आफनो उबर क्याबको प्रयोग गर्ने गर्थे । गैरकानुनी रुपमा भारतीयलाई अमेरिका भित्राउन राजीन्दर र उनका सहयोगी एकाबिहानै उबर लिएर निस्कन्थे ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...