टेक्सास- टेक्सासको ड्यालासमा रहेका रियल्टर सूर्य थापा दि वेस्ट म्याग्जीनको ईन्डीभिजुयल पालटनियम टप प्रोडुसरमा पर्न सफल भएका छन् । ड्यलासबाट प्रकाशित हुने दि वेस्ट म्यागजीनले बिभिन्न पेशा र क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरुलाई बिभिन्न आधार र बर्गमा राखेर दि वेस्टको लिस्ट प्रकाशित गर्दै आएकोमा थापा म्यागजीनको २०२३ को दि वेस्ट रियल्टर ईन्डीभिजुयल पालटनियम टप प्रोडुसरमा पर्न सफल भएका हुन् ।
भास्तु रियल्टी ब्रोकरेज मार्फत ३ बर्ष पहिलेबाट रियल्टरको रुपमा कार्य शुरु गरेका थापाले शुरुवात देखी नै धेरै ग्राहकको मन जितेर असल र सफल रियल्टरको छबी निर्माण गर्न सफल भएका हुन् । रियल्टरको रुपमा थापाले छोटो समयमै राम्रो उपलब्धी प्राप्त गर्दै ग्राहकको मन जित्नुका साथै दि वेस्टमा समेत पर्नुलाई धेरै ठुलो उपलब्धीको रुपमा लिएको भास्तु ब्रोकेजका ब्रोकर सुर्वण पोख्रेलले बताए ।
नेपालदेखी नै पत्रकारितामा क्षेत्रमा सकृय थापा अमेरिकामा आएर पनि लामो समय सामुदायिक पत्रकारितामा सकृय ब्यक्ती हुन् । थापाले आफुलाई यस क्षेत्रमा ग्राहक तथा सम्पुर्ण शुभचिन्तक, आफन्त तथा साथीहरुले गर्नुभएको सहयोगका लागि आभार प्रकट गर्दै यस प्रकारका छनौटले आफुलाई पेशा प्रति थप ईमान्दर भएर सेवा गर्न हौसला मिलेको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected