टेक्सस-अमेरिकाको सपना देख्दै पश्चिम रुकुमका युवा दिपेन्द्र खत्री वर्ष दिन अघि विभिन्न बाटो हुदै अमेरिका आइपुगेका थिए ।
जेनतेन ६० लाख ऋण गरेर अमेरिका आइपुगेका खत्री अहिले जीवन र मरणको दोसाधमा दुई महिनादेखि अचेत अवस्थामा अस्पतालमा जीवनसंग लडीरहेका छन् ।
गएको २३ अप्रिलमा उनी टेक्ससको ओरेन्ज काउन्टीमा सामान किन्न साइकल चढेर जादै गर्दा उनलाई कारले ठक्कर दिएको थियो । सवारी ठक्करबाट टाउकोमा गंभीर चोट लाग्नुका साथै खुटा समेत भाचिएको छ । प्रहरी तथा स्थानिय नेपाली समाजसेवी विष्णु बहादुर कार्कीको पहलमा उनलाई रक्ताम्य अवस्थामा अस्पताल लगिएको थियो । दुई महिनादेखि अस्पतालमा अचेत अवस्थामा उपचार गराइरहेका दिपेन्द्रको साता दिन अघि होस त आयो तर उनी बोल्न सक्दैनन ।
क्यालिफोर्निबाट टेक्सस घुम्न आउने क्रममा टेक्सस आएको तीन दिनपछि सामान लिन जादा उनी दुर्घटनामा परेका थिए । उनीसंग कागजपत्र पनि नभएको र उनलाई ठक्कर दिने व्यक्तिको इन्सुरेन्स पनि सिमित भएकाले उपचारमा समेत समस्या भएको छ । नेपालमा रोगले ग्रस्त बुबाआमा, श्रीमति र दुई अबोध छोराहरुलाई समेत आर्थिक समस्या भएको छ । दुई महिनादेखि अस्पतालको बेडमा बोल्न नसक्ने अचेत अवस्थामा रहेका उनी अमेरिका आउदा दिएको ४० लाख ऋण त्यतिकै छ । मुत्युसंग लडीरहेका उनी संग ज्यान बाहेक अहिले केही बचेको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected