्प्रेमिकाले प्रेमसम्बन्ध तोडेपछि प्रेमिले गरे प्रेमिकाको हत्य.((

अमेरिकामा आफनी प्रेमिकाले प्रेम सम्बन्ध तोडेपछि १६ वर्षिय प्रेमिले गोली हानेर हत्या गरिदिएका छन् ।
कालोराडाको वेल काउन्टीका १६ वर्षिय प्रेमी जोभानी सिरियो कारडोनाले १५ वर्षिया प्रेमिका लिलि सिलभिया लोपेजको हत्या गरेको प्रहरीले जनाएको छ । ६ महिनाको डेटिग पछि आफुसंग ब्रेकअप गरेको भन्दै प्रेमिकाको भाइकै सामु गोली हानी हत्या गरे । १६ वर्षिय प्रेमीलाई व्यस्ककै रुपममा अभियोग लगाइएको छ । हत्या अभियोगमा उनलाई २ मिलियन जमानत तोकिएको छ ।
उनले लिलि सिलभियाको घरमै पुगेर ७ राउन्ड गोली हानेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गोली हानेपछि उनी त्यहाबाट भागेका थिए । उनले ति किशोरीको जन्मदिनको ५ दिन अघि हत्या गरेका थिए । प्रहरीले घरकै बेडरुमबाट लास बरामद गरेको थियो । उनको शरीरमा गोली लागेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected