लेाक चैाहान

ओहायो-अमेरिकामा रहेका नेपाली भाषी किरात समुदायहरुले ८ औं किरात राष्ट्रिय सम्मेलन तथा खिवेक्वा याक्वा सेवा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन् ।
जुलाई १ देखि ३ तारिक सम्म अमेरिकाको ओहायो राज्यको कोलम्बसमा तीन दिने राष्ट्रिय सम्मेलन भब्यताको साथ सम्पन्न गरेका हुन् । प्रत्येक बर्ष बिभिन्न राज्यले आयोजना गर्ने उक्त कार्यक्रम अमेरिकामा रहेका किरात धर्मालम्बीहरुको
ऐतिहासिक कार्यक्रम समेत मान्ने गरिन्छ ।
अमेरिकाको २८ राज्यको ३६ सिटिमा बसोबास गर्ने किरात धर्मालम्बीहरुको सहभागिता रहेको सम्मेलनले अमेरिका भरीकै पहिलो किरात मन्दिर ओहायो राज्यको एक्रोनमा किरात माङहिम मन्दिर निर्माणलाई निरन्तरता दिने,साथै बिभिन्न ठाउँमा छरिएका अन्य किरात धर्मालम्बीहरुलाई समेत समेटेर अमेरिकाको सबै राज्यमा रहेका किराती समुदायलाई एकिकृत गर्दै लैजाने सम्मेलनले जोड दिएको छ ।
अमेरिकामा रहेर आफ्नो किरात भाषा लिपी र संस्कारमा उल्लेख्य भुमिका खेलेको भन्दै किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका उत्कृष्ट बर्ष ब्यक्तिको पुरस्कारबाट ओहायोका
देउ कुमार याम्फु (राई) लाई अर्गनाइजेसनका अध्यक्ष राजु एदिङ्गोले अवार्ड र सम्मानपत्रबाट सम्मान गर्नु भएको थियो ।
आफ्नो ऐतिहासिक मौलिक किरात धर्म,संस्कृती,परम्परा,भाषा लिपी, भेषभुषा लाई प्राथमिकता दिएर अघि बढ्न सम्मेलनमा एकताबद्ध जनाएका छन् । सम्मेलनमा विभिन्न धर्मालम्बीहरुबाट समेत उल्लेख्य मात्रामा पर्यबेक्षकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन प्रतिवेदनमाथि छलफल गर्नुको साथै किरात समुदायको बुद्धिजिवीहरुको भेलाको साथै मौलिक सास्कृति बिषयमा छलफल भएको र दोस्रो दिन धार्मिक भजन,साकेला सिली नृत्य एवं माङसेवा सावाहरुको सम्मेलन एवं अन्तिम दिन धार्मिक साङ्गितिक कार्यक्रम तथा विभिन्न संघ संस्था र ब्याक्तिहरुलाई सम्मान गरिएको किरात अर्गानाइजेसन अफ अमेरिकाका सहजकर्ता सुकमान सुहाङले जानकारी दिनुभयो ।
सम्मेलन किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा किरात क्युनिटी अफ सेन्ट्रल ओहायो कोलम्बसको संयोजनमा सम्पन्न भएको थियो भने आगामी ९ औं राष्ट्रिय सम्मेलन अमेरिकाको क्लोराडो राज्यमा गर्ने भनि निर्णय गरिएको समेत सहजकर्ता सुहाङले जानकारी दिनुभयो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected