टेक्कससंगै जोडिएको ओक्लोहोमामा कार दुर्घटना हुदा नेपालीको एकै परिवारका ४ जना घाइते
टेक्सस-टेक्सससंगै जोडिएको ओक्लोहोमा राज्यमा एउटा नेपाली परिवार चढेको कारलाई ट्रकले ठक्कर दिदा एकै परिवारका४ जना घाईते भएका छन् । कोलोम्बिया मिजौरीबाट जुलाई फोरको लामो विदामा टेक्सस घुम्न आएका सन्तोष बतौलाको परिवार उक्त दुर्घटनामा परेका हुन ।
दुर्घटनामा श्रीमति सृजना पाण्डे र दुई वर्षकी छोरी नायला बतौलाको अवस्था गंभीर रहेको छ । पिता सन्तोष र छोरा जसको शरीरको केही भागमा फ्याक्चर भएको छ । दुई दिनको उपचार पछि सन्तोषलाई अस्पतालले खतरामुक्त रहेकोले डिस्चार्ज गरेको छ ।
दुर्घटनामा परेकेा बर्तेाला परिवारकेा कार
अस्पतालबाट डिस्जार्च भएका सन्तोषले युएसनेपाल पोष्टसंग कुरा गदै श्रीमति सृजना र छोरीको अवस्था गंभीर रहेको बताएका छन् । श्रीमति सृजनाको शरीरको भाग नचलेकोले प्यारालाइसिस अवस्थामा उपचार भइहेको छ । दुई वर्षिय छोरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पिता सन्तोषले बताएका छन् । उनले श्रीमति छेारी र छेाराकेा सहयेागका लागी गेाफन्ड मार्फत आग्रह गरेका छन ।
हेटौडा पिपले स्थायी घर भएका सन्तोष गएको जेनवरीमा एमबिए पढन विद्यार्थी भिसामा अमेरिका आएका थिए । सृजना र छोराछोरी गएको सेप्टेम्बमा डिपेन्डेन्टमा अमेरिका आएका थिए । ओक्लोहोमा सोटो भन्ने स्थानमा निर्माणधिन सडकमा पछाडीबाट आएको टकले उनिहरु सवार कारलाई ठक्कर दिएको थियो । सहयेागका लागी लिंक तल छ
https://gofund.me/0a54fe62