दलाललाई ६० लाख बुझाएर अमेरिका आएका खत्री दुई महिनादेखी अस्पतालमा
अमेरिका-दुर्घटनामा परेर दुई महिनादेखि अस्पतालमा अचेत दिपेन्द्र खत्री अहिले जीवन र मरणको दोसाधनमा उपचार भइरहेको छ । ६० लाख ऋण तिरेर तल्लोबाटो अमेरिका आएका खत्रीको उपचार र आर्थिक सहयोगका लागी गोफन्ड खोलिएको छ ।
कागजत्रबिहिन खत्रीको उपचार तथा परिवारको सहयोगका लागी सहयोगको आवश्यकता देखिएकोले गोफन्ड मार्फत आव्हान गरिएको वमण्ट टेक्ससका स्थानिय समाजसेवी विष्णुकार्कीले बताएका छन् । टाउको र शरीरमा गंभीर चोटका बाबजुत पनि उनी बाच्न सफल भएका छ्न ।
गएको २३ अप्रिलमा उनी टेक्ससको ओरेन्ज काउन्टीमा सामान किन्न साइकल चढेर जादै गर्दा उनलाई कारले ठक्कर दिएको थियो । सवारी ठक्करबाट टाउकोमा गंभीर चोट लाग्नुका साथै खुटा समेत भाचिएको छ । प्रहरी तथा स्थानिय नेपाली समाजसेवी विष्णु बहादुर कार्कीको पहलमा उनलाई रक्तामाम्य अवस्थामा अस्पताल लगिएको थियो । दुई महिनादेखि अस्पतालमा अचेत अवस्थामा उपचार गराइरहेका दिपेन्द्रको साता दिन अघि होस त आयो तर उनी बोल्न सक्दैनन ।
क्यालिफोर्निबाट टेक्सस घुम्न आउने क्रममा टेक्सस आएको तीन दिनपछि सामान लिन जादा उनी दुर्घटनामा परेका थिए । उनी संग कागजपत्र पनि नभएको र उनलाई ठक्कर दिने व्यक्तिको इन्सुरेन्स पनि सिमित भएकाले उपचारमा समेत समस्या भएको छ । नेपालमा रोगले ग्रस्त बुबाआमा, श्रीमति र दुई अबोध छोराहरुलाई समेत आर्थिक समस्या भएको छ । दुई महिनादेखि अस्पतालको बेडमा बोल्न नसक्ने अचेत अवस्थामा रहेका उनी अमेरिका आउदा दिएको ४० लाख ऋण त्यतिकै छ । मुत्युसंग लडीरहेका उनी संग ज्यान बाहेक अहिले केही बचेको छैन ।
https://gofund.me/ac8adc72