टेक्कस अमेरिकाको टेक्ससमा कोरोना महामारी राहत कार्यक्रमको ५ दशमलव ३ करोड डलर जालजासाझी गरि कुम्ल्याएको घटना बाहिर आएको छ । जुन घटनामा १० भारतीय सहित अन्य ४ गरि १४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिराग गान्धी, मिहिर पटेल, किन्जल पटेल, प्रतिक देसाइ, भावेश पटेल, धर्मेश पटेल, मिहिर पटेल, मित्र भटराई, भार्गव भट, वजाहत खान र इमरान खान तथा उषा शर्मा रहेका छन् ।
आरोपीहरुलाई टेक्सस क्यालिफोर्निया र ओक्लोहोमा राज्यबाट पक्राउ गरिएको हो । उनिहरुले कोरोना महामारी आर्थिक सहायता कार्यक्रम माफीत रकम दाबी गरेर जालसाझी गरेको आरोप छ । उनिहरुले कोरोनाको समयमा आर्थिक सहायताको पेचेक प्रोटेक्सन प्रोग्राममा गडबढी गरेका थिए । जाली कागजजात बनाएर उनिहरुले सरकारबाट रकम लिएका थिए । रिसाइक्लिग कम्पनी संचालन गरेका आरोपीहरुले २९ पेचेक प्रोटेक्सन प्रोग्राम आवेदन पेश गरेको आरोप छ । आरोप प्रमाणीत भएका उनिहरुलाई ३० वर्ष सम्मको जेल सजाय हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected