आठ वर्ष सम्म छोरालाई घरमै बन्धक बनाई यौन शोषण गरेको आमा माथि आरोप
टेक्ससमा एउटा लज्जास्पद घटना बाहिर आएको छ । एक जना आमाले आमा छोराको सम्बन्धलाई लाजको पसारो बनाइदिएकी छिन् ।
। रुडी फरियस नामकका ति युवक माथि आफनै आमाले आठवर्ष सम्म घरमै बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको छ ।
स्वयं ति पीडित युवाले नै आमाले नै घरमै आफुलाई बन्धक बनाएर प्रहरीमा बेपत्ता भएको रिपोर्ट दर्ता गराएको एबिसी हयुस्टन न्युजले जनाएका छ । ति व्यक्ति आठ वर्ष पहिला एउटा किशोरको रुपमा बेपत्ता भएका थिए । ति युवकले एउटा सामाजिक संस्थालाई दिएको अन्तवार्तामा आमाले घरमा बन्धक बनाएर यौन शोषण गदै आएको बताएका हुन ।
आठ वर्षसम्म घरबाट निक्लन नदिई उनले किशोर छोरा संग शारीरिक इच्छा परिपुर्ति गरेको खुल्न आएको छ । आमाले उनलाई लागुऔषध समेत सेवन गर्न लगाउने गरेको बताएका छन् । १७ वर्षको उमेरमा बेपत्ता भनिएका उनी अहिले २५ वर्ष भइसकेका छन् । ति युवकलाई पुर्नस्थापना केन्द्रमा राखिएको छ । ति आमा भनिएकीलाई बाल यौन दुराचार तथा अपहरणको आरोपमा अनुसन्धानका लागी हिरासतमा लिइएको छ । उनले आरोप अस्वीर गदै आएकी छिन् ।.
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...