आमाले गल्तीले नाबालिका छोरी माथि कार चढाउदा ज्यान गयो

मान्छले एउटा सानो गल्ती तथा लार्पावाही गर्दा कति ठुलो नोक्सानी व्यहोर्नु पर्छ भन्ने एउटा उदाहरण अमेरिकामा घटेको छ ।
अमेरिकाको एरिजोना राज्यको कटनउडमा एक जना आमाले आफनो घर नजिकै कार पार्किग गर्ने क्रममा कारको टायर १३ महिनाकी नाबालिका माथि चढछ र ति नाबालिकाको ज्यान जान्छ । ति नाबालिकाको पहिचान सिन्थिया रोजको रुपमा गरिएको छ । घटना बारे ति आमाले नै प्रहरीलाई फोन गरेर खबर गरेकी थिइन । प्रहरीले आमाको नाम सार्वजनिक गरेको छैन । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कार पार्किगको क्रममा ति आमाले आफनो बच्चीलाई खेलौना कारमाथि राखेकी थिइन । उनलाई लागेको थियो छोरी सुरक्षीत ठाउमा राखे तर पार्किग गर्ने क्रममा गाडीको टायर ति १३ महिने नाबालिका माथि चढन पुग्दा अनाहकमा उनले ज्यान गुमाइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected