ीभसा गाइड वल्र्डको रिपोर्ट

अमेरिकाको व्हाइट हाउसले २ लाख ३० हजार बढी ग्रिनकार्ड फिर्ता लिने प्रकृया अघि बढाएको छ ।
अमेरिकी राष्टपतिको सल्लाहकार आयोगले लिएर पनि प्रयोग नगरिएका ग्रिनकार्डलाई पुन कब्जा गरेर फिर्ता लिने प्रकृया अघि बढाएको हो ।े ग्रिनकार्ड लिएर प्रयोग नगरेकाहरु उनिहरुलाई समस्या हुनेछ ।
राष्टपतिको सल्लाहकार आयोगले फिर्ता लिने प्रकृयालाई अनुमोदन गरेको छ ।
खास गरि १९९२ देखि २०२२ सम्म प्रयोग नगरिएका परिवार तथा रोजगारमा आधारित ग्रिनकार्ड फिर्ता लिइनेछ । फिर्ता लिएका ग्रिनकार्ड लामो समय देखि ग्रिनकार्डको प्रतिक्षामा रहेकाहरुलाई जारी गरिने प्रकृया अघि बढाइने राष्टपति आयोगले उल्लेख गरेको छ ।
प्रयोग नगरिएक ग्रिनकार्ड फिर्ता लिने र भविष्यमा यसलाई व्यर्थ हुनबाट रोक्न यो कदम उठाइएको बताईएको छ । विशेष गरि ग्रिनकार्ड लिने र अमेरिकामा कम बस्ने र रिन्यु गरेर आफनै देशमा बढी बस्नेहरु पछिल्लो समय निकै बढेका छन् । खास गरि अमेरिकी अर्थतन्न्त्रमा खासै प्रभाव नपारेका त्यस्त ग्रिनकार्ड धारीका ग्रिनकार्ड जफत गरेर लामो समयदेखि ग्रिनकार्डको प्रतिक्षामा बसेकाहरुलाई यसले फाइदा पुग्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected