अमेरिका-पानी पिउदा समेत मान्छेको जीवन जान सक्छ । अमेरिकामा यस्तै एक जना १० वर्षका बालक धेरै पानी पिएर मुत्युको नजिक पुगेर पनि मुस्किलले बाचेको घटना सार्वजनिक भएको छ ।
घटना विवरण अनुसार दक्षिण क्यारोलिनाको कोलम्बियाका दस वर्षिय रे जोर्डन एक घन्टामा ६ बोत्तल पानी पिएपछि उनी बिरामी हुन पुगेको स्थानिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
पानी पिएपछि बालक बेहास हुन थाले । उनको टाउको र हात पनि चलमलाउन छाडयो । बालकको यो अवस्था भएपछि तुरुन्तै आमाबाबुले अस्पताल पुराएका थिए ।
अस्पतालमा डक्टरले उपचार गरेपछि पत्ता लाग्यो उनमा सोडियमको मात्रै निकै कम भएको थियो र दिमाग फुल्न लागेको थियो ।
चिकित्सकका अनुसार जब किडनीले धेरै पानी छान्न सक्दैन तब मान्छेमा यस्तो गहिरो बिरामीमा पर्ने र कोमामा पुगेरर ज्यान समेत जान सक्छ । यस कारण अभिावकले आफना बच्चा बच्चीको ख्याल गरौ र यस्तो दुर्घटना हुनबाट जोगाउने कि ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...