अमेरिका-अमेरिकामा पहिलो पटक गर्भ निरोधक चक्की लाई लिएर एउटा ठुलो खबर बाहिर आएको छ ।
अमेरिकामा अब गर्भ निरोधक चक्की ओपिल ओभर द काउन्टर महिलाहरुलाई किन्न पाउने सुविधा दिएको छ । अमेरिकाको एफडिएले आज बिहिबार नै विना प्रिस्सिकप्सन बिक्री वितरणका लागी अनुमति दिएको छ ।
यो चक्की विक्रीका लागी कुनै उमेर प्रतिबन्ध हुने छैन । जुनसुकै उमेरकाले यो चक्की किन्न सक्नेछन् ।
जन्म नियन्त्रण र गर्भपतनमा कडा प्रतिबन्धका बीच यो गर्भनिरोधक चक्कीको सहज पहुचले महिलाहरुलाई फाइदा पुग्ने विश्वास गरिएको छ । यो अनुमतिले अमेरिकाका लाखौ महिलाहरु यसबाट लाभान्वित हुने एफडिएले जनाएको छ । यो २०२४ को सुरुवात संगै पसल तथा अनलाइन मार्फत उपलब्ध हुने बताइएको छ । यसको मुल्य भने निर्धारण जारी गरिएको छैन ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















