अमेरिकाको ओहोयोमा एक नेपालीले बन्दुक चलाउदा अर्का नेपालीको ज्यान गयो
अमेरिका- ओहोयोको कोलोम्बसमा एक नेपालीको बन्दुक चलाउदा अर्का नेपालीको ज्यान गएको छ
कोलोम्बसको उत्तरी पुवी भागमा बुधबार बिहान भएको गोलीकान्डमा ३२ वर्षिया मदन थापाको ज्यान गएको छ । प्रहरी बन्दुक चलाएको अभियोगमा २५ वर्षिय लोकनाथ आचार्यलाई पक्राउ गरेको छ । उनलाई लार्पावाही हत्याको अभियोग लगाइएको छ । प्रहरीले गोली लागेको अवस्थामा थापालाई मेदोडिस्ट अस्पताल पुराएकोमा उपचारका क्रममा थापाको ज्यान गएको आहोयाका स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
बन्दुक चलाउने आचार्य
अदालतको दस्तावेज अनुसार आचार्यले स्टोरकेा बाथरुमबाट बन्दुक लिएर पिकअप टक चलाउदै गरेका थापा माथि बन्दुक चलाएको आरोप छ । घटना के कसरी भयो भन्ने बारेमा केही खुलेको छैन ।
आचार्यलाई फ्रेकलिन काउन्टी जेलमा राखिएको छ । आचार्यले गाडी दुर्घटनामा परेपछि गल्तीले थापालाई गोली चलाएको अदालतको दस्तावेजमा बताएका छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...