अमेरिकामा एक युवकले ६ वटा बिरालोलाई माइक्रोवेभ गरेर मारे
अमेरिकाको शिकागोको एक २२ वर्षिय युवाले ६ वटा बिरालाका बच्चालाई माइक्रोवेभ गरी यातना दिएर मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
शिकागोका थम्स मार्टेल स्वंय आफै बिरालोको ६ बच्चाहरुलाई यातना दिएर मारेपछि स्वंय प्रहरीको पुगेका थिए । र प्रहरीले उनलाई हिरासतमा लिएको थियो । उनी माथि जनवार माथि अत्यचार तथा जनवार प्रति क्रुरता गरेको अभियोग सहित मुद्धा अगाडी बढाइएको छ । उनले तीन साताको अवधिमा ६ बिरालाहरुलाई निर्मम यातना दिएर मुत्युको घाट उतारेका थिए ।
समाचार अनुसार ति युवाले बिरालोहरुलाई माइक्रोवेभ गरेर क्षतविक्षत बनाएका थिए । उनी बस्ने अपार्टमेन्ट भित्रै एउटा प्लाष्टिक भित्र प्रहरीले मृत बिराला फेला पारेको थियो । ति युवामा गंभीर मानसिक स्वास्थय समस्या हुन सक्ने बताईएएको छ । तर त्यसबारेमा स्पष्ट केही बाहिर आएको छैन । अमेरिकामा घरपालुवा जनवारलाई निकै माया गरेर पालिन्छ र जनवार प्रति यस्तो हर्कत गर्नेलाई यहाको कानुन पनि कडा रहेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...