ग्रेपभाइन स्थित हिल्टन होटल शनिवार साझ भरिभराउ भयो । टेक्ससमा कार्यरत नेपाली डाक्टरहरुको समुह टेक्सस नेप्लिज मेडिकल एशोसिएसनले गरेको कार्यक्रममा यस्तो माहौल देखिएको हो ।
श्रद्धा श्रेष्ठ तथा रोधन पोखरेलको उदघोषण संगै सुरु भयो कार्यक्रमको माहौल । नेपाल राष्ट्रगान संगै कार्यक्रमको ढोका उर्घियो । कार्यक्रमको मुख्य आकर्षण बनिन नलिना चित्रकार । उनले चर्चित गीतहरु पानी पानी, गोरी काली, चाहिदैन हिरामोती लगायतका चर्चित गीतले कार्यक्रमको माहौल रंगाइन । उनी  गीत गाउनका लागी अर्को राज्य क्यालिफोर्नियाबाट यहा“ आएकी हुन ।

 

कार्यक्रममा शार्दुला जोशी र उनको समुले गरेको नृत्य हेर्न लायकको थियो ।
त्यस्तै सृष्टि घिमिरे र सुसन खड्काको नृत्य संगै सर्वश्री समुको नृत्यले पनि सहभागीहरुलाई मनोरञ्जन दियो । त्यस्तै डा झरना श्रेष्ठ, रजनी योन्जन, लगायतका अन्य विविद्य कलाकारहरुको प्रस्तुतीले कार्यक्रमलाई रंगारंग बनायो ।
कार्यक्तमको अन्तामा डिजे सुशान्तले छानेका अंग्रेजी नेपाली तथा हिन्दीका हिट नम्बरहरुमा सहभागीहरु एक साथ नाचेर कार्यक्तमको माहौललाई जुरुक्कै बनाए ।


कार्यक्रमा एशोसिएसनका अध्यक्ष डाक्टर संजीव श्रेष्ठ, डा फाहिम रहिम, डा पुजा सैजु, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, डा अन्जु कडेल, नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष डा प्रेम अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected