अमेरिका-घरको डोरबेल पटक पटक बजाएर भागेका तीन किशोरको गाडीलाई पछ्याउदै ठक्कर दिएर ज्यान लिएको अभियोगमा एक भारतीयलाई अमेरिकामा आजीवन काराबासको सजाय सुनाइएको छ ।
क्यालिफोर्नियामा बसोबास गर्ने ४५ वर्षिय अनुराग चन्द्रालाई आफनो कारले ति किशोरहरु सवार कारलाई ठक्कर दिएर हत्या गरेको अभियोगमा यसै साता आजीवन काराबासको सजाय तोकिएको हो । गएको अप्रिल महिनामा नै उनलाई हत्या प्रयास मामलामा दोषी ठहराइएको थियो । रिभरसाइड काउन्टी अदालतले उनलाई जानजान आफना कारले ति किशोर सवार कारलाई ठक्कर दिएको ठहर गदै दोषी ठहराएको हो ।
घटना भने २०२० १९ अप्रिलको राती सडकमा भएको थियो ।
घटना यस्तो थियो

क्यालिफोर्निया हाइवे पेट्रोलको जाच अनुसारको विज्ञप्तीमा राती घरमा सुतीरहेको समयमा किशँेरहरुको समुह घरमा आएर ढोरबेल पटक पटक बजाएका थिए । उक्त समय एक किशोरले उनलाई गाली समेत गरेको बताइएको छ । त्यसपछि चन्द्राले आफनो कारले ति किशोरहरुको पिछा गरेका थिए । पिछा गर्ने क्रममा उनले जानजान ति ६ जना सवार किशोरको गाडीलाई ठक्कर दिउका थिए । ठक्कर पछि किशोरहरु सवार गाडी एउटा रुखमा गएर ठोक्किएको थियो । घटनामा तीन किशोरको ज्यान गएको थियो भने तीन जना घाइते भएर बाच्न सफल भएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected