जोनसन एन्ड जोनसन बेबी पाउडरले क्यानसर भएपछि कम्पनीले पीडितलाई १८.८ मिलियन क्षतिपुर्ति तिर्नुपर्ने
अमेरिका-जोनसन एन्ड जोनसन बेबी पाउडर प्रयोग गरेपछि क्यालिफोर्नियामा एक जनालाई क्यानसर हुन पुगेको छ ।
२४ वर्षिय एमोरी हनडिजलाई क्यानसर पछि अदालतले जोनसन एन्ड जोनसन कम्पनीले १८ दशमलव ८ मिलियन डलर क्षतिपुर्ति सहित जरिवाना दिनुपर्ने भएको छ । सिएनएन बिजनेसको एक समाचार अनुसार अदालतको यो आदेशले कम्पनीलाई ठुलो झडका लागेको छ । उनले बच्चा देखि नै यो पाउडर प्रयोग गरेपछि आफुमा घातक क्यानसर विकसित भएको बताएकी छिन् ।
पीडितले जोनसन पाउडर प्रयोगपछि नै क्यानसर भएको दाबी गरेपछि कम्पनीले अब उनलाई उक्त रकम जरिवाना दिनुपर्नेछ । उनले अदालत समक्ष आफुलाई कम्पनीको बेबी पाउडर प्रयोग गरेपछि क्यानसर भएको प्रमाणित गरेकी थिइन ।
उनले अघिल्लो वर्ष नै ओकल्यान्ड राज्य अदालतमा कम्पनी विरुद्ध मुद्धा दायर गरेकी थिइन ।
तर कम्पनीले भने अदालतको उक्त फैसला विरुद्ध अपिल गर्ने जनाएको छ । कम्पनीले जनसनको बेबी पाउडर सुरक्षीत र क्यानसरको कुनै कारण नरहेको जनाएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...