अमेरिका-अमेरिकाको भर्जिनियामा ग्यास स्टेशनका मालिक दम्पत्तिलाई आफनो स्टोरमा काम गर्ने कामदारलाई न्युन पारिश्रमिकमा काम लगाएको तथा कामदारको अध्यागमन कागजपत्र समेत जफत गरि डर धम्की दिएको अभियोग लगाइएको छ ।
भर्जिनियाो उत्तर चेस्टरफिल्ड का ४२ वर्षिय कुलवीर कौर तथा ३० वर्षिय हरमनप्रीत सिंहलाई अभियोग लगाइएको हो । अदालतको एउटा जुरी टिमले उनिहरु विरुद्ध ६ अभियोग लगाएको छ । जसमा जबरजस्त धम्काएर काम लगाएको , कम सेवा सुविधा दिएको, पीडितको कागजपत्र जफत गरेको, भिसा म्याद सकिएर पनि काममा लगाएको लगायतको आरोप छ । उनिहरुले पीडितलाई शारीरिक दुव्र्यहार गर्ने, बल प्रयोग गर्ने र लामो घन्टा सम्म काममा लगाउने र सेवा सुविधा कम दिने गरेका थिए ।
पीडित कामदार स्टोर मालिककै आफनै भतिज समेत भएको खुल्न आएको छ । पीडित कामदारले उनिहरुलाई खान तयार गर्ने, स्टोरमा क्यासियर, स्टोरको रेकर्ड राख्ने देखि सफाईको सबै काम गदै आएको न्यायविभागले जनाएको छ ।
अमेरिकामा यसरी जबरजस्ती काममा लगाउने र शोषण गर्नेलाई २० वर्ष सम्मको जेल सजाय र २ लाख ५० हजार जरिवना हुने गरेको छ । यदि कोही यस्तो समस्यामा पर्नु भएको छ भने तुरुन्तै उजुरी गर्नुहोला

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected