अमेरिकामा दक्ष कामदार अभाव, कामदार भिषाकेा केाटा बढाउन माग
अमेरिका-अमेरिकामा दक्ष कामदारको अभाव भएपछि अमेरिकाको कामदार भिसा (एचवान वी) को कोटा बढाउन माग गरिएको छ ।
अमेरिकाको २ हजार १०० भन्दा बढी सम्मिलत आइटी कम्पनीको संस्था आइटीसर्भले अमेरिकाको कामदार तथा एचवानबी भिसाको कोटो बढाउन माग गदै अमेरिकी संसद बाहिर एकत्रित भएका थिए ।
२४० भन्दा बढी कम्पनीका सदस्यहरु संसद बाहिर खडा हुदै माग गरेका हुन । उनिहरुले कम्पनीहरुमा दक्ष कामदारको अभावमा कारोबार प्रभावित भएको बताएका छन् । आइटी कम्पनीहरुले अमेरिकामा दक्ष कामदार नहुदा कामबाट धेरै निकाल्ने समेत गरेका छन् । त्यसकारण पनि कम्पनीहरुमा दक्ष कामदारको अभाव भएको हो ।
अमेरिकाले हरेक वर्ष खुलाउने कामदार भिसा एचवानबीको कोटा ६५ हजारको रहेको छ । यो कोटा बढाएर १ लाख ३० हजार पुराउन माग गरिएको हो । यो कामदार अमेरिका बाहिरबाट विशेष गरि आइटी संग सम्बन्धी विदेशी कामदारलाई अमेरिका झिकाएर काम दिइन्छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...