न्युयेार्कमा छुरा प्रहारबाट गंभीर घाईते नेपाली उबर चालकलाई सहयेाग आब्हान
अमेरिका-न्युयोर्कमा छुरा प्रहारबाट गंभीर घाइते भएका नेपाली उबर चालक ३६ वर्षका यादव कुमार ढुगेल परिवारको सहयोगका लागी सहयोग थालिएको छ ।
गणेश खत्री तथा सोनाम घिसिगले उनको श्रीमति र दुई छोराछोरीको सहयोगका लागी गोफन्ड मार्फत सहयोगका लागी आव्हान गरेका हुन ।
उनलाई न्युयोर्कको म्यानहटनमा उबरमा चढेका यात्रुले नै छुरा प्रहार गरेका थिए । उनको शरीरको विभिन्न भागमा आक्रमणकारीले छुरा प्रहार गर्दा गंभीर घाइते अवस्थामा उनलाई अस्पतालको आइसियुमा पुराइएको थियो । ढुगेल खतरामुक्त रहे पनि उनी लामो समय सम्म बेड रेस्टमा रहनुपर्ने चिकित्सकले बताएका छन् । प्रहरीले छुरा आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गरि मुद्धा अगाडी बढाइसकेको छ ।
घरमा कमाउने एक मात्र ढुगेलको यो अवस्था भएपछि श्रीमति र साना दुई बच्चाबच्चीलाई जीवनयापनमा समस्या भएकाले सहयोगको आव्हान गरिएको हो ।
https://gofund.me/9f7746f1
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...