अमेरिका-अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसको लस पाल्मिटास मिनी मार्केटबाट बेचिएको १ दशमलब 0 ०८ बिलियनको बिजेतामा एक महिलाले दाबी गरेकी छिन् ।
एक अश्वेत जस्तै देखिने निकै हतास र खुशीले रोइरहेको अवस्थामा उक्त मार्केटमा पुगेर आफुनै बिजेता भएको उनले बताइरहेकी छिन । उनि निकै ठुलो स्वरमा चिचाइरहेकी थिइन । उनलाई क्यामेरा लिएका मिडियाकर्मिहरु पछ्याइरहेका थिए । उनी स्टोरभित्र भनिरहेकी थिइन म धेरै डराएको छु । पसल भित्र भएकाहरुलाई अंकमाल गदै भनिरहेकी थिइन, भगवानले तपाईहरुलाई आर्शिवाद दिउन ।
जुन भिडियो यतिबेला अमेरिकी संचार माध्यमहरुमा छाइरहेको छ । एक पत्रकारले तपाई विजेता हुनुहुन्छ भनेर सोध्दा उनले हो भनेर जवाफ दिएकी थिइन । उनी पछि सडकमा दौडिदै एउटा कारमा सवार भएकी थिइन ।
यी महिला को हुन भन्ने बारेमा केही खुलेको छैन । उनी नै बिजेता हुन भन्ने पृष्टि भएको छैन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...