प्रेमिकासंगै पहाड चढदै गरेका २१ वर्षिय युवाको खसेर ज्यान गयो
अमेरिका-अमेरिकाको ओरेगनको क्यासकेड हिमालको नजिक नर्थ सिस्टर पहाड चढनका लागी प्रेमिका संगै पुगेका एक २१ वर्षिय युवाको कयौ फिट तल खसेर ज्यान गएको छ ।
स्थानिय टिभीको समाचार अनुसार २१ वर्षिय जोयल टे्रन्बीको रुपमा पहिचान गरिएको छ । उनी आफनो प्रेमिका संग पहाड चढने क्रममा झन्डै ९० देखि १५० मिटर तल खसेको बताइएको छ । गंभीर घाइते भएका उनी एक उद्धारकर्ता घटना स्थल पुग्दा उनको ज्यान गइसकेको थियो । उनलाई खोज्न हेलिकप्टर, नेशनल गार्ड, उद्धारदल लगायतले खोजी गरेका थिए । उनकी प्रेमिकालाई उनी कहा खसे भनेर पत्तो पाउन सकिन । उनी खसेको नर्थ सिस्टर पहाडको उचाई ३ हजार ७४ मिटर भएको बताइएको छ । यो पहाड चढन निकै कठिन मानिन्छ ।
उनले आउदा डिसेम्बरमा कलेजबाट स्नातक गर्ने योजनामा थिए लेन काउन्टी प्रहरीका अनुसार उनको शब पत्ता लगाउन ड्रोन भिडियो प्रयोग गरिएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...