उसको ‘बाणी-व्यहोरा’ले भन्थ्यो –
यो दुनिया मेरो वरिपरि घुम्नु पर्छ
मैले जे बोल्छु त्यहि मात्रै सहि हुन्छ
मैले नजानेको केहि छैन
मैले नबुझेको केहि छैन
म सर्वज्ञाता हुँ, म ब्रह्मज्ञानी हुँ
अरु त सवै बुद्धिहीन हुन्

मीठो मैले मात्र खानु पर्छ
राम्रो मैले मात्र लाउनु पर्छ
राम्रो ठाउँमा मै मात्र बस्नु पर्छ
नत्र अति जलन हुन्छ मलाई
अति अति झोँक चल्छ मलाई
विध्वंस गरिदिन मन लाग्छ मलाई

पद, पैसा, पावर, प्रतिष्ठा, प्रसिध्दि चाहिन्छ मलाई
वरिपरि धुपौरे, चम्चे, चाकडीवाज चाहिन्छ मलाई
जाल-झेल गरि जसरि पनि जित्नु पर्छ मलाई
वरिपरिका सवै झार-पात, भुसुना लाग्छ मलाई

म सर्वश्रेष्ठ हुँ, म निर्विकल्प हुँ
तिमीहरुलाई शासन गर्न जन्मेको हुँ
तिमीहरुसँग भएका सवै कुरा मेरो हो
तिमीहरु त मेरो हली, चौकीदार मात्र हो

उसलाई सवैले टाठो, बाठो, स्मार्ट भन्थे
धेरे धेरै विशेषण लगाएर बोल्थे
उसको ‘अहम’ बढाउने खुराक दिईरहन्थे
उसको होच्याई, थर्काई सहिरहन्थे

थाहा थिएन कसैलाई, उ एउटा आत्ममुग्थ व्यक्ति हो
हिटलरको सर्वकालीन, सर्वव्यापी स्वरुप हो
घर-परिवार,समाज, देशको टाउको दुखाई हो
उसको त जाँच तथा उपचार गर्न पर्ने हो
मनोरोग बिशेषज्ञ किन बोल्दैनन यस बारेमा त्यति
हुनलाग्यो घर-परिवार,समाज, देशको धेरै खति

जुलाई २१, २०२३
डालस, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected