अमेरिका-अमेरिकामा एक चार वर्षिया बालिकाको खुट्टामा चिकेन नगेटस खसेर पोलेपछि परिवारको तर्फबाट म्यागडोनल्सलाई मुद्धा हालिएको थियो । उक्त मुद्धामा म्याग्डोनल्सले ति बच्चीका लागी ८ लाख डलर क्षतिपुर्ति दिनु परेको छ ।
फलोरिडाको फोर्ट लान्डरडेलमा अवस्थित म्याकडोनल्सको डाइभ थु मार्फ अर्डर गरेको चिकेन नगटेस ओलिविया नामकी ति बालिकाको खुटामा खसेको थियो । जसको कारण उनको खुटामा गहिरो छाप बसेको थियो । त्यसपछि परिवारले १५ मिलियन डलर क्षतिपुर्ति माग गदै मुद्धा दायर गरेका थिए ।
परिवारले बालिकाको खुटामा चिकेन नगेटस खसेर चलेको खुटा अदालतमा पेस गरेका थिए । साथै चिकेन नगेट खसेपछि बालिका चिच्चाएको अडियो पेश गरिएको थियो । यहीलाई आधार बनाएर उनको दुखाई ,पीडा र मानसिक पीडाका लागी ८ लाख क्षतिपुर्ति म्यागडोनल्सले तिर्नु परेको हो ।
तर म्यागडोनल्सले भने आफनो बचाउ गदै १ लाख ५६ हजार डलर मात्रै दिनुपर्ने दाबा गरेको थियो । किनकी उनको जलन तीन सातामा ठिक भएपछि पीडा समाप्त भएको बताएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected