अमेरिका-अमेरिकामा गल्ती गर्नेहरु कानुनको फन्दाबाट उम्कन सक्दैनन । यस्तै अमेरिकामा एउटा गल्ती समातिएको छ ।
आफनो पिताकोको ठाउमा अर्केको शब गाडिएपछि दुई छोरीहरुले फयुनरल अर्थात दाहसस्कार गराउने कम्पनी माथि ६० मिलियन डलर क्षतिपुर्ति सहितको मुद्धा दायर गरेका छन् ।
दुई छोरीहरु स्टेसी होल्जमेन तथा मेगन जेनरले फयुनरल एन्ड क्रिमेशन सर्भिस तथा स्टार अफ डेभिड च्यापल कम्पनीलाई आफनो दिवगत पिताको अन्तिम दाहसस्कारमा यसरी गडबढी गरेको आरोप लगाएका हुन । उनीहरुले उक्त कम्पनीले आफनो पिताको शबको ठाउमा अर्के व्यक्तिको शब गाडिएको दाबी गरेका छन् ।
उनिहरुले आफना दिवगत पिताको शब एक्दै मुद्धाघरमा छाडेर यहुदी परम्पराबाट नगाडीएको बताएका छन् ।
परिवारले शब गाडनु अघि जब मसानघाटको पहिचान गरेका थिए तब तब रहस्य बाहिर आएको थियो ।
पिताको दाही र जुगा नदेखेपछि दाहसंस्कार गर्ने कम्पनीलाई दुई छोरीहरुले सोधपुछ गरेका थिए । अझ दाहसंस्कार गराउने कम्पनी माथि शंका झने गहिरो भयो, मृतकको शरीरमा पोष्टमार्ट गरिएको चिन्ह थियो, जबकी उनीहरुको पिताको पोष्टमार्टम नै गरिएको थिएन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected