अमेरिका-अमेरिकामा नेभडाका एक दुई वर्षिय नाबालकको मुत्युको कारण सुन्दा तपाईलाई हैरानी बनाउन सक्छ । पानीमा खेलेकै कारण उनको ज्यान गएको एउटा अजीवको घटना सार्वजनिक भएको छ ।
न्युयोर्क पोष्टको समाचार अनुसार २ वर्षिय वालक वुडरो टर्नर बन्डीकेा

परिवारको भनाई अनुसार नेगलेरिया फाउलेरी को संक्रमण अर्थात दिमाग खाने अमिबाका कारण भएको हो । झरनाको पानीमा खेल्ने बेलामा बालकमा संक्रमण भएको थियो । परिवारका अनुसार ति बालकले साता दिन सम्म यो डरलाग्दो संक्रमण संग संघर्ष गरेका थिए । तर उनको संक्रमणकै कारण ज्यान जान पुगेको छ ।
अहिलेसममको एउटा तथ्याक अनुसार यो संक्रमणमा आएपछि कुनै पनि व्यक्तिको जीवत रहने संभावनाको लामो अवधि भनेको तीन दिन मात्र हो ।
बालकमा सुरुमा फलुको लक्षण देखिएपछि परिवारलाई केही गडबढ भएको लागेको थियो । परिवारले बालकलाई अस्पताल पुराएका थिए । चिकित्सकले लाग्यो सुरुमा बालकलाई मेनिनजाइटिस थियो । पछि चिकित्सकले उपचारका क्रममा बालकलाई दिमाग खाने अमिबाको संक्रमण थियो भन्ने पृष्टि भयो ।
गएको पाच महिना अघि पनि अमेरिकामा यसैको संक्रमणबाट एक ५० वर्षिय व्यक्तिको ज्यान गएको थियो ।
बालककी आमाले फेसबुकमा एउटा स्टाटस शेयर गदै सिडिसीले बालकको उपचार गर्न चाहेन किनकी बच्चाको जीवित रहने संभावना थिएन । तर सिडिसीले त्यसको कुनै जवाफ दिएको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected