गैरआवासिय नेपाली संघ अमेरिकाको अध्यक्षमा अर्जुन बन्जाडे विजयी
गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा अर्जुन बन्जाडे निर्वाचित भएका छन् ।
बन्जाडे २०२३ २०२५ को दुई वर्षे कार्यकालका लागी निर्वाचित भएका छन् ।
बन्जाडेले ५ हजार ७ सय ७९ मत प्राप्त गरेका थिए भने उनको प्रतिस्पर्धी अध्यक्ष उम्मेदवार दिलु पराजुलीले ४ हजार ८ सय ६ मत ल्याएका थिए । बन्जाडेले ९ सय मतान्तरले दिलु पराजुलीलाई पछि पारेका थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा विकाश उप्रेति, महासचिवमा रामहरि अधिकारी बिजय भएका छन् ।
केा हुन डा बन्जाडे ?
डा बन्जाडेको एनआरएनए अमेरिकाको यात्रा २०१५ बाट सुरु भएको हो । उनी २०१५मा एजुक्सेन टाक्स फोर्सको चेयर भएर काम गरे ।
२०१७ देखि २०१९ मा बोर्ड अफ डाइरेक्टर तथा २०१९ देखि २०२१ वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।
डा बन्जाडे पश्चिम अर्घाखाची अर्घातोस गाउॅमा जन्मेर त्यहीको सरकारी स्कुलबाट एसएल्सी पास गरि अमृत साइन्स क्याम्पसमा आइएसी पढन काठमान्डौ खाल्डोमा हानिएका थिए । सामान्य परिवारका उनी काठमान्डौमा संघर्षशिल जिन्दगी व्यतित गदै अध्यययनलाई अघि बढाए । त्रिचन्द्र कलेजबाट बिएससी पास गरे । प्रमाणपत्र र स्नातक तह विज्ञानमा उर्तिण गरेका उनले डिग्री भने जनसंख्या विषयमा कीर्तिपुरबाट उर्तिण गरे । डिग्रीको अध्ययन सकेपछि उनले रत्नराज्य लक्ष्मी क्याम्पसमा उपप्राध्यापक भएर जनसख्या विषय पढाए ।
त्यसपछि भने डा बन्जाडे थप अध्ययनका लागी भन्दै सन् १९९८ मा अमेरिका हानिए । एफआई विद्यार्थीको रुपमा उनी ओहायो विश्वविद्यालयमा डिग्री गर्न आइपुगे । ओहायो विश्वविद्यालयबाटै उनले माष्टर डिग्री गरे ।
त्यसै गरी पिएचडी भने उनले आम संचारमा गरे । अहिले उनी टेक्ससको ट्यारेन्ट काउन्टी कलेजमा स्टेट रिपोर्टिङ तथा स्टुडेन्ट सक्सेसको निर्देशकको रुपमा कार्यरत छन् । विभिन्न समसामयिक विषयमा लेख समेत लेख्दै आएका डा बन्जाडे बौद्धिक व्यक्तित्वको रुपमा परिचित मानिन्छन् । उनका समसामयिक लेखरचना नेपालका विभिन्न राष्ट्रिय अनलाइनहरुमा प्रकाशित छन् |