राधाकृष्ण काफ्ले

                  

वेदना अति भो साह्रो,पोख्न हुन्न कतै पनि 

सहूँ म कसरी आज, उत्रिन्छौ पत्थरै बनी

जसरी साथ त्यो खोज्छ, अबोध बालिके चरी

झल्किन्न ममता भाव, आमा हुन्छ्यौ कसो गरी 

रूँदा त्यो कलिलो श्रृष्टि, चिरिन्छ छाति यो अति

कहाँ जाऊँ म झैं हुन्छ, फिर्छ ख्वै कहिले मति 

जमाना कसरी आज, निर्दयी भो किन किन 

आमा हौ ममता देऊ, उजाड देख्न सक्दिन 

                         -मातातीर्थ,  काठमाडौ

(हाल: डालस, टेक्सास)

( छन्द: अनुष्टुप)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected