अमेरिका-भारतले चामल निर्यातमा रोक लगाएपछि अमेरिकी बजारमा यसको प्रभाव परेको छ ।
यतिबेला अमेरिका बजारमा बासमति चामल धमाधम अभाव हुन थालेको छ । जकेडा चामल राख्नका लागी यहाका ठुला सुपरमार्केट कस्को, साम्स क्लब लगायतमा भीड देखिएको छ ।
अमेरिकामा बासमति चामल धेरै नेपाली तथा भारतीयहरुको रोजाइ हुदै आएको छ । यतिबेला अमेरिकामा भारतीय पसल तथा अन्य सुपरमार्केटमा भारतबाट आयात हुन छाडेपछि बासमति चामलको हाहाकार भएको छ ।
भारत सरकारले बासमति संगै सबै प्रकारका चामलहरु अमेरिकामा निर्यात गर्न प्रतिबन्ध गरेपछि यसको प्रभाव यहा परेको हो ।
अमेरिकामा बढी मात्रमा भारतबाट नै चामल खपत हुने गरेको छ । भारतले २०२२ २०२३ मा कुल ४ दशमलव २ मिलियनको चामल निर्यात गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected