अमेरिका-गैरकानुनी रुपमा अमेरिका आउने प्रवासीलाइे रोक्न मेक्सिको सिमाको रियोग्रान्डे नदिमा यतिबेला बार तगारो लगाईएको छ ।

रिपब्लिकन पार्टिका टेक्सस गर्भनर ग्रेग अबोट आप्रवासी प्रति कडा निति लिदै आएका छन् । सोही अनुरुप उनले मेक्सिको हुदै अमेरिकाको टेक्सस छिर्ने रियोग्रान्डे नदिमा तगारो लगाउन गएको जुन महिनामा घोषणा गरेका थिए । नदी तर्ने ठाउमा लगाइएको तगारो हिडेर आउने आप्रवासीहरुलाई रोक्ने उद्धेश्य टेक्सस राज्य सरकारको थियो । राज्य अधिकारीले सिमालाई सुरक्षीत गर्न यस्तो तगारो लगाइएको तर्क दिदै आएको छ ।
यस किसिमको तगारोले मानवीय जोखिम बढाएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका थिए । यसलाई संघीय कानुनको उल्लघन भनिएको थियो । रियोग्रान्डे नदी पार गरेर आउने आप्रवासीका लागी यो ज्यादै जोखिम भएको आप्रवासी अधिवक्ताहरुले औल्याएका छन् ।

आप्रवासीहरुलाई रोक्नका लागी टेक्ससको रियोग्रान्डेमा लगाइएको तगारोले आप्रवासीको ज्यान जोखिम बढाएको भन्दै अमेरिकाको न्याय विभागले टेक्ससका गर्भनर ग्रेग अबोट माथि मुद्धा दायर गरेको छ ।
बाइडेन प्रशासनले पहिल्यै नदिबाट त्यो तगारो हटाएर कानुनी लडाईबाट बच्न चेतावनी दिएको थियो । तर हटन सकेन । अहिले भने टेक्सस गर्भनर माथि न्याय विभागले त्यो हटाउन भन्दै मुद्धा दायर गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected