अमेरिका-यतिबेला अमेरिकामा यी १६ वर्षिय किशोर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् । उनले बहामास जानका लागी पुरै एउटा व्यवसायिक जहाज आफु र आफना दुई साथीका लागी बुकिग गरे । उक्त जहाजमा अरु कुनै यात्रु थिएनन । उनले आफुले जहाज शयर गरेको भिडियो सामाजिक संजाल टिकटक देखि इन्स्टाग्राम युटयुब लगायतमा शेयर गरेका छन् । उनले आफुलाई अमेरिकाको सबैभन्दा धनी किशोर बताएका छन् ।
द सनको रिपोर्ट अनुसार ति किशोरको नाम डोनाल्ड हो । पेशाले उनी एक युटुबर हुन । सोसल मिडियाका अलग अलग प्लेटफर्ममा उनका लाखौ फलोअर्स छन् । क्यालिफोर्नियाको लस एन्जल्समा रहने यी किशोरले आफनो अजब गजबको स्टेन्डर लाइफ स्टाइल पनि सामाजिक प्लेटफर्ममा शेयर गरेका छन् ।
बहामासमा जहाज बुकिग गरेर दुईसाथी संग गएको अनुभव शेयर गदै भनेका छन मैले बहामास जानका लागी पुरै प्लेन नै भाडामा लिएर गए । उनको यो भिडियो पछि धेरैले उनलाई सकारात्मक र नकारात्मक दुबै प्रतिकृया दिएका छन् । उनी यो वर्ष कोस्टारिका, इटली फ्रान्स स्वीजरल्यान्ड लगायतका देश पुगेर आइसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected