अमेरिका-तपाई युएस सिटीजन हुनुहुन्छ , अर्को वर्ष अर्थात २०२४ मा युरोप घुम्न जाने योजना बनाइरहनु भएको छ भने नया नियम लागु हुदैछ ।
अब युरोप जानका लागी भिसाको स्वीकृत लिनुपर्ने भएको छ । अब अमेरिकाको पासपोर्ट लिनु भएको जोकोहीले यो कुरामा सचेत रहनु होला । पहिला जस्तो भिसा विना अमेरिकी पासपोर्ट भएकाले युरोपको भ्रमण गर्न पाउने छैनन । युरोप भ्रमण जाने योजना बनाउनु अघि युरोपियन यात्रा सुचना तथा प्राधिकरण प्रणालीमा भिसाका लागी आवेदन स्वीकृत गराउनुपर्ने हुन्छ । युरोप जान चाहने आवेदकले राहदानी, व्यक्तिगत जानकारी शिक्षा स्तर, हालको पेशा, अपेक्षित यात्राको विवरण तथा कुनै पनि अपराधिक गतिविधी नगरेको विश्वास दिलाउनुपर्छ । आवेदन शुल्क ८ डलर बुझाए पुग्छ । आवेदन स्वीकृत तत्काल हुन सक्छ । तर परिस्थित अनुसार १४ देखि ३० दिन पनि लाग्न सक्छ ।
तपाईको भिसा एक पटक स्वीकृत भएपछि तीन वर्ष वा भिजिटरको राहनी मिति समाप्त नभएसम्म लागुहुन्छ । यसलाई इटीआइएस यात्रा अनुमति भनेर भनिन्छ । आवेदनका लागी इयुको वेभसाइटमा जान सकिन्छ

यसलाई अहिले अन्तराष्टिय मिडियाहरुले प्राथमिकताका साथ खबरमा छापेका छन् ।
अहिलेसम्म अमेरिकी पासपोर्ट भएकाहरुले १८४ देशमा विना भिषाको पहुच पाउदै आएका थिए

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected