अमेरिका-आमासंग झगडा भएको झोकमा छोरीले ९ तले होटलमा झोसिन आगो
अमेरिकामा १६ वर्षिया छोरीले आमासंग झगडा हुदा आफु बसेको ९ तले होटलमा आगो लगाएकी छिन् ।
प्रहरीले होटलमा आगजनी गरेको आरोपमा प्रहरीले ओकाला फलोरिडाकी १६ वर्षिया फेड एडलिन गार्सियालाई पक्राउ गरेको छ । होटल आगजनीमा कोही हताहती नभए पनि बेलैमा उद्धार टोलीले ३ सय २० जनालाई समयमै होटलबाट उद्धार गरि सुरक्षीत स्थानमा लगेको थियो । ९ तलाको उक्त होटलबाट त्यहा रहेकाहरुलाई सुरक्षीत निकाल्न उद्धारटोलीलाई निकै सकस भएको थियो । ति किशोरी आमासंग इलिनोयबाट फलोरिडाको उक्त होटलमा बसेको बताइन्छ ,
आगलागीबाट होटलमा २ लाख डलर भन्दा बढी भौतिक क्षति भएको बताइएको छ । आफना आमा संग भनाभन भएपछि उनले होटलको सोफामा आगो लगाउदा घटना घटेको बताइएको छ । हिल्टन होटलमा दिउसो आगलगी भएपछि प्रहरीको आपतकालिन सेवामा फोन गरिएको थियो ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected