अमेरिका-अमेरिकाको शिकागोको सडकमा अमेरिकामा पढन आएकी एक छात्रा भोकमरीका अवस्थामा सडकमा फेला परेकी छिन् ।
पढनका लागी अमेरिका आएकी ति छात्रा भारतीय मुलकी भएको भारतीय दुताबासको एक बयानमा उल्लेख गरिएको छ । उनी डिप्रेसन तथा आर्थिक स्थिति खराब भएपछि सडकमा पुगेको बताइएको छ ।
ति छात्रा भारतको हैदरावादकी भएको बताइएको छ । सयदा लुलु मिन्हाज जैदी नामकी ति छात्रा २०२१ मा एमएस को अध्ययन गर्न अमेरिकाका आएकी थिइन । उनी शिकागोको ट्राइन विश्वविद्यालयमा अध्ययनरत थिइन । पछिल्लो दुई महिना देखि उनी परिवारको सम्पर्कबाट टाढा थिइन ।
अहिले शिकागो स्थित भारतीय वाणिज्यदुताबासको सहयोगमा उनको पत्ता लगाएर अस्पतालमा भर्ना गरिएको छ । अमेरिकामा रोजगारी नपाएपछि आर्थिक अवस्था कमजोर भएपछि उनी मानसिक रुपले विक्षिप्त भएर सडकमा पुगेको बताइएको छ । उनी आमाले उनलाई भारत फिर्ता पठाउन सहयोग गरिदिन भारतीय दुताबासलाई आग्रह गरेकी छिन् ।

केही नेपालीहरु पनि अमेरिकाका केही राज्यमा सडकमा पुगेका यस्ता उदारहण छन् । तर हाम्रो दुताबास, नेपालीका लागी नेपाली भन्ने एनएआरएनले लगायतका अमेरिकामा समाजसेवाका चर्का कुरा गर्नेहरुले अहिले उद्धार गर्ने यसरी ?

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected