फेरि अमेरिकाले कामदार भिसाको लागी विदेशी कामदार छनौट गदै
अमेरिका-अमेरिकाको आप्रवासन तथा नागरिकता सेवा युएससिआइएसले फेरि दोस्रो पटक विदेश कामदारका लागी दोस्रो लटका लागी कामदार भिषा (एचवान बी)माग गरेको छ ।
लोटरी प्रणालीबाट गत मार्च महिनामा छानिएका कामदारहरु फेरि अपुग भएपछि थप कामदार लोटरी प्रणालीबाट छानिने छ ।
अमेरिकाले हरेक वर्ष ६५ हजार विदेशी कामदारलाई यो कामदार भिसा मार्फत अमेरिका भित्राउने गरेको छ । त्यस्तै २० हजार अमेरिकामै माष्टर डिग्री गरेकालाई यो कामदार भिसा उपलब्ध गराउने गर्छ ।
युएससिआइएसले २०२४ सेप्टेम्बर ३० वर्षका लागी ७ लाख ५८ हजार ९९४ आवेदन प्राप्त गरेको थियो । यो मध्ये युएससिआइएसले ८५ हजारको वार्षिक कोटा पुरा गर्न १ लाख १० भन्दा बढी दर्ता भएकालाई चयन गरेको थियो । अव दोसो लटका लागी नया आवेदकले आवेदन दिन पाउने छैनन । केवल पहिलो लटमा आवेदन दिएका र छनौट नभएकाहरु फेरि लोटरी प्रणालीबाट छानिने छन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...