नसम्झनुहोस्

जिन्दगीको दौडमा

हारिसकें

अँध्यारोमा हराईसकेँ

मैले हारेको छैन

हराएको छैन

सिर्फ बाटो बदलेको हो

जीवनको लक्ष्य बदलेको छैन

एक ठाउँमा छोड्नु

अर्को ठाउँमा पुग्नु पनि हो

एक ठाउँमा अस्ताउनु

अर्को ठाउँमा उदाउनु पनि हो

त्यता  हराएँ

यता  पुगिसकेँ

आफ्नै खेतवारी सिगार्न

जुटिसकेँ

जुलाई २७, २०२३

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected