अमेरिकाको टेक्ससमा आकासिय बिजुली खसेर ब्रेन डेड भइसकेकी छात्रा कोमाबाट निस्किन
टेक्सस-अमेरिकाको टेक्ससको हयुस्टनमा चटयाग अर्थात आकाशिय बिजुली खसेर भारतीय छात्रा गंभीर घाइते भएकी छिन् । ब्रेन डेड भइसकेको अर्थात दिमागले काम गर्न छाडेको थियो । उनी कोमामा पुगेकी थिइन । साता दिनको उपचार पछि भने उनको मस्तिषकले काम गर्न थालेको छ । जीवन र मुत्युको अन्तिम अवस्थामा पुगेकी उनले नया जीवन पाएकी छिन् ।
हयुस्टन विश्वविद्यालयमा सुचना प्रविधी अध्ययन गरिरहेकी ससरुन्या कोडरुको रुपमा पहिचान गरिएको छ । उनी साथीहरु संग एउटा स्मारक उद्यान घुम्न जाने क्रममा अकस्मात आकाशबाट बिजुली अर्थात चटयाग उनी माथि खसेको थियो । त्यसपछि उनको हालत निकै खराब भएको थियो । अघिल्लो सातादेखि उनले राम्रो संग सास फेर्न थालेको अस्पताल सुत्रले बताएको छ । उनलाई भेन्टिलेटरबाट हटाइएको छ र स्वास्थयमा सुधार आइरहेको छ । भारतको हैदराबाद की ति छात्राको अमेरिकामा हेरचाहका लागी परिवारलाई अहिले अमेरिकाको भिसा लागीसकेको छ । उनको हेरचाहका लागी उनको परिवार भारतबाट अमेरिका आउदैछ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...